प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमणको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा घोर विरोध र भ्रत्साहना
काठमाडाैं,जेठ ६। प्यालेस्टिनी जनतामाथि भएको बर्बर आक्रमणको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा घोर विरोध र भ्रत्साहना गरेकाे छ।
अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा ११ दिनदेखि इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमला र व्यापक जनधनको क्षति पुर्याएपछि विश्व मानव समुदायलाई स्तब्ध र आक्रोशित तुल्याएको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनाएकाे छ ।प्रेस विज्ञप्तिकाे पूर्णपाठ तलदिइएकाे छ।
प्रेस विज्ञप्ति :
११ दिनदेखि अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमला र व्यापक जनधनको क्षति पुर्याएपछि विश्व मानव समुदायलाई स्तब्ध र आक्रोशित तुल्याएको छ ।
प्यालेस्टिनी जनतामाथि भएको इजरायली सरकारको यस प्रकारको मानव संहारकारी बर्बर आक्रमणको विश्भर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कडा रुपमा घोर विरोध र भ्रत्साहना गर्दछ र यसप्रकारको मानवता विरोधी जघन्य सैनिक आक्रमण तुरुन्त बन्द गर्न इजरायली सरकारसंग अपिल गर्दछ ।
इजरायली सरकारको यसप्रकारको चरम फासीवादी चरित्रको हाम्रो हाम्रो संगठन घोर निन्दा र विरोध गर्दछ र स्वाभिमानी प्यालेस्टिनी जनताको सम्प्रभुता , राष्ट्रियता र राष्ट्रिय स्वाधीनता तथा अखण्डता तत्काल कायम गरियोस् भनी माग गर्दछ र उसले सञ्चालन गर्दै आएको मानवता विरुद्धको यसप्रकारको बर्बर आतंक रोक्नका लागि संयुक्तराष्ट्रसंघ,अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठन तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन हाम्रो संगठन हार्दिक अनुरोध गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : २० मे २०२१
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल