नेपालमा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि,थप १९० जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,जेठ ६। नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ। पिसिआरबाट ८ हजार २२७ र एन्टीजेनबाट ७८ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।

 

आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

 

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।  

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमण पुष्टि भएकाे छ।

 

प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, ओखलढुंगामा ७९, खोटाङमा २४, झापामा ६४, ताप्लेजुङमा ८, तेह्रथुममा २, धनकुटामा ४४, पाँचथरमा ६, भोजपुरमा १७, मोरङमा ४५०, संखुवासभामा १४, सुनसरीमा १२९ र सोलुखुम्बुमा ५ जनामा कोरोना भेटिएको छ।

 

 

प्रदेश २ को धनुषामा १९५, पर्सा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना पाइएको छ।

 

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ६ सय जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२५, चितवनमा १००, दोलखामा ६७, धादिङमा ५६, नुवाकोटमा २५, भक्तपुरमा २२९, मकवानपुरमा १३, रामेछापमा ४, ललितपुरमा ४०३, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २०१, गोरखामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वतमा २०, मुस्ताङमा १, म्याग्दीमा ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्युठानमा ४, बर्दियामा २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५२० र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

 

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्लामा १७, दैलेखमा ४४, रुकुम पश्चिमा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, बाजुरामा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।