चुनावमा हार व्यहोरेपछि बादलले लेखे यस्तो ?

काठमाडौं,जेठ ६। बागमती प्रदेश अन्तर्गत आज बिहिवार भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका रामबहादुर थापा बादलले विजयी भएका डा.खिमलाल देवकोटालाई बधाई दिएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुकमा लेखेरे थापाले आफूलाई मतदान दिने जनप्रतिनिधिलाई पनि धन्यावाद दिएका छन् ।

 

 

थापा नेकपा एमालेबाट उमेदवार बनेका थिए भने देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेकै माधवकुमार नेपाल समूहको तर्फबाट साझा उमेदवार बनेका थिए ।

 

 

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नु हुने तथा सहभागी हुनु भएका बागमती प्रदेश सभाका माननीय सदस्यहरू, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई’ थापाले फेसबुकमा लेखेका छन् ।