आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं,जेठ ७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राती वर्षा समेत भएको छ ।

 

 

 आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एकरदुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहनेछ ।

 

प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा र सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एकरदुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातर वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।