निमोनियाबाट बच्ने यस्ता छन् ८ घरेलु उपायहरु
काठमाडौं। निमोनिया एक प्रकारको छातिको संक्रमण हो, जसले फोक्सोको बाँया वा दायाँ भाग वा कहिलेकाँही सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ ।
निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरु सुन्निने र संक्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ ।
जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाई हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ। यसका बिरामीहरुमा रुघा खोकी लाग्ने, सास फेर्न अफ्ठ्यारो हुने, ज्वरो आउने लगायतका अन्य लक्षणहरु देखापर्छन्।
यस्ता छन् निमोनियाका घरेलु उपचार
१-दुध बेसार-बेसारले स्वास प्रस्वासमा भएको समस्यालाई निर्मुल गर्दै छातिमा जमेको कफलाई निकाल्न पनि सहयोग गर्दछ। त्यसैले छाति तथा अन्य संक्रमणबाट बच्न दिनमा दुई पटकसम्म यसको सेवन गर्दा फलदायी हुने गर्दछ। त्यसैगरी, एक गिलास मनतातो पानीमा एक चौथाइ मरिचको धुलो मिलाएर दिनमा एक पटक सेवन गर्दा निमोनियालाई फाइदा पुर्याउदछ।
२-तुलसीको पात – तुलसीको पातबाट रस निकाल्नुहोस् र निकालिएको रसमा थोरै मरिच मिलाउनुहोस्। यसलाई प्रत्येक छ घण्टामा पिउनुहोस्। यसले निमोनियाबाट राहत प्रदान गर्न मद्दत गर्दछ।
३-पुदिनाको पात- पुदिनाले पोल्ने र कफ तथा बल्गम निकाल सहयोग पुर्याउदछ। ताजा पुदिना पातहरूबाट चिया बनाउनुहोस्। यसले निमोनियाको लागि औषधीको रूपमा काम गर्दछ।
४-गाँजर- निमोनियाका लागि एक असरदार औषधि हो, गाँजरको जुस। आयुर्वेदकाअनुसार गाँजर वा गाँजरको जुस दुवै निमोनियाका लागि प्रभावकारी हुन्छ। यसको अधिकतम लाभ लिनका लागि आयुर्वेदिक चिकित्सकसँग पनि परामर्श लिन सकिन्छ।
५-मेथी –एक कप पानीमा मेथीका दाना, कुटेको अदुवा, एक पोटी लसुन र थोरै मरिच मिलाएर यसलाई पाँच मिनेटसम्म उमाल्नुहोस्। र अन्त्यमा यसमा एक चम्चा मह मिलाउनुहोस्। यस मिश्रणलाई दिनको ३ देखि ४ पटकसम्म सेवन गर्न मिल्छ।
६-तिल – एक कप पानीमा एक चम्चा तिलको दाना उमाल्नुहोस् । यसलाई छानेर एक चम्चा मह र थोरै नुन मिलाउनुहोस् । यस मिश्रण दैनिक सेवन गर्नुहोस्।
७-ल्वाङ – ल्वाङलाइ थोरै भुटेर यसलाई पिस्नुहोस् । १ वा आधा ग्राम ल्वाङको यस धुलोलाई महसँग मिलाएर दिनमा ४ देखि ५ पटक चाट्नुहोस् । यसले निमोनियाका बिरामीका चमात्कारिक फाइदा पुर्याउदछ।
८-हिङ- दुई चिम्टी हिङ र एक दुईवटा किसमिससँग केहि दिन निमोनियाको बिरामीलाई खुवाउँदा यसले प्रभावकारी असर देखाउँदछ।