प्रधानमन्त्रीका लागि देउवाले दाबी पेश गर्दै,कुन दलका कति सांसद

काठमाडौं,जेठ ७। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन् । राष्ट्रपतिले दिएको समयसीमा भित्रै प्रधानमन्त्रीका लागि दावी पेश गर्ने तयारी कांग्रेसले गरेको हो ।

 

अहिले कांग्रेस लगायत विपक्षी दलहरुले हस्ताक्षर संकलन गरिरहेको बताइएको छ ।

 

विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । अहिले सिंहदरबारमा बाँकी रहेका सांसदहरुलाई हस्ताक्षर गराइएको छ ।

 

   देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ ।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।