प्रधानमन्त्रीमा ओलीले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा

काठमाडौं,जेठ ७।नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले आह्वान गरे बमोजिम सरकारमा दावी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

 

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्री निकट स्रोतका दावी छ ।

 

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।