नेपाल समूहका यी ५ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको दाबी

काठमाडौं,जेठ ७। नेकपा एमाले नेपाल पक्षका ५ जना सांसदहरुले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्न आफुहरुले कुनै हस्ताक्षर नगरेको बताएका छन् ।

 

ओली आफ्नो पक्षमा बहुमत रहेको दाबी सहित शीतल निवास पुगेपछि यस्तो कुरा बाहिरिएको हो । एमालेका एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको ओलीको दावी छ ।

 

 

उनले आफू अध्यक्ष र संसदीय दलको नेता समेत रहेका माधव नेपालले दिएको हस्ताक्षर वैध नहुने पनि बताएका छन् ।

 

 

यस्तै सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै ओलीलाई जानकारी गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।