गर्मी मौसममा टाइफाइड भएमा यस्ता छन्, ५ घरेलु उपायहरु

काठमाडौं। टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनका साथै एक्कासी ज्वरो बढ्छ। शरीरमा हनहनी ज्वरो आउँछ।

 

यसका साथै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने,शरीर गल्ने र खान मन लाग्दैन। औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो घट्दैन। रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ।

 

टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो। दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनका साथै एक्कासी ज्वरो बढ्छ। शरीरमा हनहनी ज्वरो आउँछ।

 

यसका साथै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने,शरीर गल्ने र खान मन लाग्दैन। औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो घट्दैन। रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ।

 

घरेलु उपचार टाइफाइड हुँदा यी घरेलु उपायहरु अपनाउनूहोस्:-

 

१-तुलसी र मरिच-टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने। यस पेस्टलाई पानीसँग मिलाएर नियमित पिउने ।

 

२-गाजर-टाइफाइडको रोगमा गाजरको रसको सेवन पनि लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि टाइफाइडमा फाइदा पुग्छ ।

 

३-लसुन-टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको २र४ पोटी भुटेर खाली पेटमा खाएमा यसले लाभ दिन्छ ।

 

४-मह-टाइफाइटबाट बच्ने अर्को घरेलु सामाग्रीमा मह पनि एक हो । एक कप तातो पानीमा दुई चम्चा मह मिसाएर पिएमा टाइफाइडमा लाभ पुग्दछ ।

 

५- पुदिना-पुदिनाको सेवनले ज्वरो ठिक हुन्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिएमा चाँडै लाभ पुग्दछ ।