राष्ट्रपतिविरुद्ध सर्वोच्चमा १३ रिट,यी हुन रिट दिने अधिवक्ताहरु
काठमाडौं,जेठ ७। सरकार गठनको प्रस्ताव आह्वान गर्दा संविधान मिचेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट पुगेको छ ।
बिहिबार संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी थिईन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने प्रक्रिया नै नगरी नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेको भन्दै त्यसविरुद्ध रिट पुगेका हुन्।
अधिवक्ताहरु रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, सन्तोष भण्डारी, सुरेन्द्र भण्डारी र कमिल ढकालको रिट सर्वोच्चमा पुगेका हुन्।राष्ट्रपति भण्डारीले चालेको कदम रोक्न माग गरिएको रिट दर्ताको प्रक्रिया भने शुरु भएको छैन।
सर्वोच्च अदालत मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले हालसम्म आएका रिटहरुमाथि अध्ययनको क्रम शुरु भएको बताए। आइतबार ११ बजे दर्ता प्रक्रियामा जाने उनले बताए।