यो समयमा रुघाखोकीबाट बच्ने,यस्ता छन्, ८ घरेलु उपायहरु

काठमाडौं। मौसम परिवर्तनसँगै रुघाखोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने,  घाटी बस्ने दुख्ने गर्दछ ।

 

 

यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ ।

 

यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ ।

रुघाखोकीको घरेलु उपाचार

 

१-दुध र बेसार- राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ ।

 

 

२-ल्वाड- यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने मुखमा २.३ वटा ल्वाडः राखेर विस्तारै चपाउदा चपाउनुस् यसो गर्नाले खोकी बन्द हुन्छ ।

 

 

३-बेसार ध्यु- अदुवा र चीनी स् एउटा डाडुमा १ चम्चा ध्यु। ऋाधा चम्चा बेसार अनी आधा चम्चा चीनी हालेर ३ मिनेट सम्म तताऊँ । र यसलाई अलि कति सेलाएर पुरै खाउँ । यसलाई हप्तामा ३ पटक सम्म खानाले खोकी विसेक हुन्छ ।

 

 

४-तुलसी चिया-५ वटा तुलसीको पातलाई दुधको चियामा हालेर २ मिनेट सम्म तताएर सेवन गर्नुस् । दिनमा २ ३ चोटी पिउनाले चाडै नै खोकीबाट छुटकारा पाउन सकिन्छ ।

 

 

५-दाल चिनी र मह- दालचिनी १ चम्चाको ४ भागको १ भाग आधा चम्चा महमा मिसाएर दिनहु खानाले सुख्खा खोकी निको हुन्छ ।

 

 

६-अदुवा र गुद- अदुवाको रस आधा चम्चा निचोरेर गुड सुख्खा सगँ मिसाएर दिनमा २ चोटी सेवन गर्नाले सुख्खा खोकी निको हुन्छ र खकार पनि निकालि दिन्छ ।

 

 

७-तुलसीको पात र मह- यो एउटा आयुर्वेदिक उपचार हो । जसले रुघाखोकी निको हुन्छ । महमा ५ वटा तुलसीको पात मिलाएर ५ दिन सम्म सेवन गरेपछि खोकी निको हुन्छ ।

 

 

८-दुध र मह- राती सुत्नु अघी हल्का तातो दुधमा मह मिसाएर ५ ७ दिन सम्म सेवन गर्नाले खोकी चाडै निको हुन्छ ।