एमाले स्थायी कमिटी बैठक बस्दै,यी विषयमा निर्णय गर्ने

काठमाडौं,जेठ ८। नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने गरि बोलाएको पार्टी कार्यालयले जनाएको छ ।

 

बैठकले पार्टी अनुशासन तथा निर्देशन विपरीत कार्य गर्ने केही नेतालाई कारबाही गर्ने स्रोतले जनाएको छ ।

 

 

पार्टीभित्रकै केही व्यक्तिका कारण पछिल्लो राजनीतिक घटनाक्रम विकास भएकाले कस्तो कारबाही गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा आसन्न मध्यावधि निर्वाचनबारे समेत छलफल हुने बताइएको छ ।

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ ।