यी तीन मन्त्रालयसहित जसपा सरकारमा जाँदै,ओलीले गरे यस्तो अफर

काठमाडौं,जेठ ८। संसद विघटनपछि निर्वाचनको घोषणा भएको छ । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई पूर्णता दिने तयारीमा रहेका छन् । आधा दर्जन भन्दा बढी मन्त्रालय आफैसँग राखेका ओलीले जनता समाजवादी पार्टी जसपालाई सरकारमा सहभागी हुन छलफल चलाएका हुन् ।

 

 

ओलीले सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल गरिरहेका छन् ।

 

 

जसपा स्रोतका अनुसार तीनवटा मन्त्रालय दिनेगरी ओलीले अफर गरेका हुन् । पार्टीमा को कोलाई पठाउने भनने विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।

 

 

मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका उमाशंकर अरगरिया र विमल श्रीवास्तवको नाम रहेको छ । बाँकीको विषयमा पनि छलफल भइरहेको छ । गृह मन्त्रालयसहित तीन मनत्रालयकाे अफर आएकाे  जनाइएकाे छ।