भारतीय दूतावास राजेन्द्र महतो किन पुगे,यस्तो छ,कारण

काठमाडौं,जेठ ८। जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट्न लैनचौर पुगेका छन् । उनी शनिबार लैनचौर पुगेर राजदूत क्वात्रासँग भेट गरेका छन् ।

 

नेता महतो र भारतीय राजदूत विनयमोहन क्वात्राबीच करिब दुई घण्टा कुराकानी भएको बताइएको छ ।

 

देशमा राजनीतिक घटनाक्रमहरु तीव्र गतिमा विकास भइरहेका बेला जसपा नेताहरु लगातार भारतीय दूतावासको सम्पर्कमा रहेका छन् । यसअघि पनि जसपा अध्यक्ष महन्थ ठाकुर र महतो पटक पटक दूतावास पुगेका थिए ।