राष्ट्रियसभामा थापलाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका सांसद माथि कारवाही शुरु (नामावली सहित)

काठमाडौं,जेठ ८। नेकपा(एमाले)बाट राष्ट्रियसभामा मनोनयन गरेका रामबहादुर थापा (वादल) लाई आफ्नै पार्टीका सांसदले हराएको भन्दै पार्टीले कारवाही प्रकृया शुरु गरेको छ ।

 

 

बादललाई वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दर्ता गराएका थिए । उनलाई हराउन सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

 

 

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्यसहितका १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ । बागमती प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

कारवाही गर्ने सांसदहरुको नामावलीः

१-अष्टलक्ष्मी शाक्य,बोहोरा

 

२- राजेन्द्रप्रसाद पाण्डे

 

३- अरुण प्रसाद नेपाल

 

४- बसन्तप्रसाद मानन्धर

 

५-रचना खड्का

 

६- कृष्णप्रसाद शर्मा खनाल

 

७- शान्तिप्रसाद पौडेल

 

८- मुनु सिग्देल

 

९- ईन्द्रमाया गुरुङ

 

१०- मिना ज्ञवाली

 

११- बसुन्धरा हुमागाँई

 

१२- लक्ष्मण लम्साल

 

१३- कुसुम कुमार कार्की

 

१४- पार्वती सिलवाल