नेपाल थप ८९८० जनामा संक्रमण पुष्टि,थप १२९ जनाको मृत्यु
काठमाडौं,जेठ ८। नेपाल थप ८९८० जना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ८८४८ जना संक्रमणमुक्त भएको छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १२९ जनाकाे मृत्यु भएकाे छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।