यी प्रदेशका पहाडी भूभागका एकदुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,जेठ ९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका थोरै भूभागमा आंशिक बदली रहेको छ।

 

आज दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज रातीप्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।