राष्ट्रपति कार्यालयको विज्ञप्ती कसले चोर्यो,छानविन हुँदै

काठमाडौं,जेठ ९। राष्ट्रपति कार्यालयको वेवसाइटमा अपलोड गरिएको विज्ञप्ती चोरी भएको छ । कसले चोर्यो भन्ने पत्तो लागेको छैन र कार्यालयले विज्ञप्ती हराएको बारे छानविन शुरु गरेको जनाएको छ ।

 

 

गत जेठ १ गते देखि अपलोड गरिएको विज्ञप्ती वेवसाइटबाट हराएको प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए। प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएको कार्यालयले जनाएको छ ।

 

 

वेबसाइटमा शनिबार राति १ः४८ अपलोड भएको प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ।