नेपालमा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि,थप १९३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,जेठ ९। नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो। पिसिआरबाट ७ हजार ५९८ र एन्टीजेनबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन्।

 

त्यस्तै काठमाडौं उपत्यकामा थप २८२१ जनामा कारोना संक्रमण पुष्टि भएको छ।जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ।

 

आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन्। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, ओखलढुंगामा ६, खोटाङमा ८, झापामा १४८, ताप्लेजुङमा १३, तेह्रथुममा ३, धनकुटामा ६, पाँचथरमा ५, भोजपुरमा ६, मोरङमा ३८३, संखुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

 

 

प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जनामा कोरोना पाइएको छ।

 

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७२, चितवनमा २४, दोलखामा १४, धादिङमा ६७, नुवाकोटमा ३८, भक्तपुरमा ३६६, मकवानपुरमा ११२, रसुवामा ४, रामेछापमा ४१, ललितपुरमा ६९४, सिन्धुपाल्चोकमा १५५ र सिन्धुलीमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 

  गण्डकी प्रदेशको कास्कीमा ४०१, गोरखामा ५८, तनहुँमा ६४, नवलपरासी पूर्वमा ५३, पर्वतमा ८, मुस्ताङमा २, म्याग्दीमा १४४, लमजुङमा ३२, बागलुङमा ३९ र स्याङजामा ११२ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १३२, गुल्मीमा ६३, दाङमा १०९, नवलपरासीमा ४०, पाल्पामा ८०, प्युठानमा ३, बर्दियामा २७१, बाँकेमा १३७,रुपन्देहीमा ४२९ र रोल्पामा १२ जनामा कोरोना पाइएको छ।

 

 

 कर्णाली प्रदेशको कालिकोटमा ३८, जाजरकोटमा ६, जुम्लामा ३, डोल्पामा ९, दैलेखमा ३, मुगुमा १, रुकुम पश्चिमा ८, सल्यानमा ४९ र सुर्खेतमा २३९ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ९६, कञ्चनपुरमा ३६, कैलालीमा ५०, डडेल्धुरामा १८, डोटीमा ५२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ३ र बैतडीमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।