जसपा सरकारमा जान तयार,ओलीले दिने भए यी ७ मन्त्रालय

काठमाडौं,जेठ १०। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मागहरु पुरा गर्दै आएको भन्दै जसपा सरकारमा जान तयार देखिएको हो ।

 

ओलीले जसपालाई अहिले सरकारमा आए ७ मन्त्रालय दिन सकिने भन्दै कन्भिन्स गराउनुभएको बुझिएको छ ।

 

 

ओलीले अहिले रिक्त रहेका मन्त्रालयमा पूर्ति हुनेगरी जसपालाई सरकारमा ल्याउने तयारी भइरहेको बुझिएको छ । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। महन्त ठाकुरले गृहसहितका ८ मन्त्रालय दाबी गरेका छन्।

 

 

संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।