छोटो समयमा छिटो वजन घटाउने चाहनुहुन्छ यस्ता छन् ७ उपायहरु
काठमाडौं। अहिलेको जिवनशैली र खानपानको तरिकाले सबै जनामा तौल बढ्दै जाने गर्छ । एक पटक बढेको तौल घटाउन निकै मुस्किल हुन्छ । नयाँ अनुसन्धानका अनुसार तपाईं आफ्नो वजन घटाउन चाहनुहुन्छ त्यसका लागि सजिलो तरिका वैज्ञानिकले पत्ता लगाएका छन् ।
अध्ययन अनुसार तौल घटाउन खाना बिस्तारै बिस्तारै चपाएर खाने बानी बसाल्नुपर्छ। एक पटक लागेको तौल घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले पेछ घटाउन मद्दत गर्छ।
यस्ता छन्,ताैंल घटाउने उपायहरू
१–साहकारी खानेकुराहरु खाने – साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।
२–सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।
३– हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।
४–शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।
५-मदिरापान नगरौं
६-चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं
७-ग्रीन टी र ब्ल्याक टी – ग्रीन टी र ब्ल्याक टी पिएर तपाई आफ्नो मोटोपन चाँडै घटाउन सक्नुहुन्छ, किनकी यसले मेटाबोलिज्मलाई बढाउँछ।
अन्य पेय पदार्थको तुलनामा ग्रीन टी र कालो चियाले तौल घटाउने प्रक्रिया ४३ प्रतिशतसम्म बढ्छ अर्थात् मोटोपन छिटो कम गर्न मद्दत गर्छ ।