ओलीलाई जानकारी नदिई संसदीय दलको बैठक बोलाइयो

काठमाडौं,जेठ ११। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी नदिई सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ । बैठकको आव्हान गरे पनि अध्यक्षलाई कुनै पनि जानकारी नभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

 

 

 

सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

 

 

 

ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए ।

 

 

५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् ।