सरकारी कार्यालयका गाडीसहति यी कार्यलयका गाडी पनि दिउँसो सञ्चालन गर्न नपाइने

काठमाडौं,जेठ ११। उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

 

 

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने निर्णय गरेको छ ।

 

 

मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो ।