जंगलमा आमासँगै छोराछोरी मृतावस्थामा भेटिए

सांकेतिक तस्विर

काठमाडौं,जेठ ११। प्युठानमा जंगलभित्र आमासहित छोराछोरी मृतावस्थामा भेटिएका छन् । प्युठान नगरपालिका–२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।

 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका–१ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो ।

 

 

 

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका–८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केकेका उनका ससुरा गिरबहादुर सुनारले बताए। उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए ।

 

 

ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए।