तपाईलाई टाउ दुःखाईको समस्या छ ? यस्ता छन् ६ घरेलु उपायहरु

काठमाडौं। गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ ।

 

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ। गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ ।

 

टाउको दुखाईबाट बच्न यस्ता छन् घरेलु उपायहरु  

 

१-कागती र तातो पानी- लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउने । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

 

 

२-मसाज- पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

 

 

३-चिनी र धनियाँ – रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ ।

 

 

४-कफि-टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

 

 

५-लसुन- यस्का साथै सातवटा लसुनका पोटीलाई आधा गिलास पानीमा उमालेर पिउँदा तनाव हट्छ अनि टाउकोदुखाइ नियन्त्रणमा रहन्छ ।

 

 

६-बदाम- बदामको तेलले टाउकोमा १५ मिनेटसम्म मसाज गर्दा मूड फ्रेश हुन्छ र टाउको दुख्दैन ।