ठाकुरले सोधे यादवलाई ७ बुँदे स्पष्टीकरण, यस्तो छ,स्पष्टीकरणमा

काठमाडौं,जेठ १२। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

 

 

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।

 

 

उनले पार्टी निर्णय विपरित सर्वोच्च अदालतमा रिट लिएर गएकोमा समेत स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

७ बुँदे स्पष्टीकरण यस्तो छ  –