एमाले सुदूरपश्चिम संसदीय दलको बैठक जारी,ओली र नेपाल पक्षका कस्का कति संसद उपस्थित

काठमाडौं,जेठ १२। सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक जारी छ । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् ।

 

 

सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।

 

 

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल भइरहेको छ । माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

 

 

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जना सांसदमध्ये अधिकांश माधवकुमार नेपाल पक्षका छन् ।

 

 

माधव नेपाल पक्षले आफूहरूसँग १८ जना सांसद रहेको दाबी गरेको छ । पार्टीले मंगलवार नै संसदीय दलको बैठक बसेर निर्णय लिन निर्देशन दिए पनि मंगलवार बैठक बस्न सकेको थिएन ।

 

 

संसदीय दलका नेता प्रकाश शाह माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । संसदीय दलको नेता स्वयं सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने पक्षमा छन् ।