ओलीले पठाए नेपाल समूहका यी १२ जनालाई स्पष्टिकरण (सूचीसहित)

काठमाडौं,जेठ १२। नेपाल पक्षका थप १२ जनालाई आज स्पष्टिकरण पत्र आज पठाईदै छ । सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार नेपाल समूहका सांसदहरुलाई स्पष्टिकरण पत्र पठाइएको हो ।

 

 

नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बैठकको निर्णय बमोजिम स्पष्टीकरण पत्र पठाइएको बताएका छन् ।

 

यसअघि नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो।

 

यी हुन पत्र पठाउन लागिएका सांसद

 

सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका रहेका छन्।