एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौ.,जेठ १२। नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

 

 

कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए ।

 

 

संसदीय दलले केन्द्रको निर्णय अवज्ञा गरेसँगै अब अध्यक्ष केपी शर्मा ओलीले चाल्ने कदम कस्तो हुन्छ भन्ने कौतुहलता जागेको छ ।