नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि,थप १४५ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,जेठ १२। नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएका छन्।देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।
कुन जिल्लामा कति थपिए संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ११३९, कास्कीमा ५००, रूपन्देहीमा ३४९, सिन्धुपाल्चोकमा ३४२, गोरखामा, २६६, सुनसरीमा २५५, झापामा २४९, ललितपुरमा २४१ र मोरङमा २३१ जना कोरोना संक्रमित थपिएका छन् ।
बाँकेमा १९९, काभ्रेपलाञ्चोकमा १५७, बर्दियामा १५५, तनहुँमा १४५, सिन्धुलीमा १२ढ, सुर्खेतमा १२२, धादिङमा ११९, सर्लाहीमा ११६, भक्तपुरमा ११३,लमजुङमा १०७, धनुषामा १०४ र मकवानपुरमा १०१ जनामा, चितवनमा ९९, गुल्मीमा ९४, बैतडीमा ८६, मनाङमा ७६, महोत्तरी, दोलखामा र पाल्पामा ६९/६९ जना, अछाममा ६८, सप्तरीमा ६६, दाङ र रोल्पामा ५६/५६ जना, नवलपरासी पश्चिम र रूकुम पश्चिममा ५१/५१ जना, धनकुटा, दैलेखमा ४७/४७, कञ्चनपुरमा ४५ र संखुवासभामा ४० जना ,रौतहटमा ३८, पर्वतमा ३७, सिरहामा ३३, बारा र कैलालीमा ३१/३१ जना, डोटीमा २९, रामेछापमा २७, पर्सामा २४, नुवाकोटमा २२, रसुवामा २१, खोटाङमा २०, कपिलवस्तुमा १९, स्याङजामा १८, अर्घाखाँचीमा १७, जुम्ला र डडेलधुरामा १६/१६ जना, भोजपुर र बागलुङमा ७/७ जना ,प्युठानमा ६, उदयपुर, ओखलढुंगा, सोलुखुम्बुमा ४/४ जना, ताप्लेजुङमा ३, इलाम, तेह्रथुम, नवलपरासी पूर्वमा २/२ जना तथा पाँचथर, म्याग्दी, रूकुम पुर्व, कालिकोट, जाजरकोट, सल्यानमा र बाजुरामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १० वर्ष मुनिका १८६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।