बिहानै खालीपेटमा पानी पिउनूस्,यस्ता छन् ७ फाइदाहरु

काठमाडौं। अधिकांश मानिसहरुमा बिहान उठ्नासाथ खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, विहानै उठ्ने बित्तिकै पानी पिउँदा के के फाइदा हुन्छ भन्ने धेरैलाई थाहा हुँदैन ।

 

यस्ता छन् बिहान खालीपेटमा पानी पिउनुका फाइदाहरु-

 

१-अनुहारमा चमकता आउँछ –बिहानै उठेर पानी पिउँदा तपाइको अनुहारमा चमकता आउँछ । अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुँदै जान्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो ।

 

 

२-भोक लाग्नु- यदि तपाईले बिहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपाइको पेट सफा हुन्छ । यसले तपाइलाई भोक जगाउँछ ।

 

 

३-पेट सफा रहन्छ- तपाइ दिनहुँ बिहान उठेर पानी पिउने बानी बसाल्नु भयो भने तपाइको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।

 

 

४-शरिरको दुर्गन्ध बाहिर निस्कन्छ- जव तपाइ बिहानै उठेर पानी पिउनुहन्छ, तपाइको शरिरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरिरमा रहेको हरेक फोहर बाहिर निकाल्न मदत गर्दछ । तपाइले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरिरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाइ आनन्द महसुस गर्नुहुनेछ ।

 

 

५-दुःखाइबाट छुट्कारा-धेरै मानिसहरु धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महसुस गर्छन । हामी धेरैलाई यो थाहाछैन की, शरिरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेःको हो भनेर । यदि तपाइलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेट प्रसस्त पानी पिउने बानी गर्नुहोस ।

 

 

६-रगतमा बृद्धि- विहान खाली पेटमा पानी पिउँदा तपाइको शरिरमा रगतमा बृद्धि हुन्छ । खास गरेर विहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छ । त्यसैले तपाइको शरिरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपाइलाई फाइदा गर्दछ ।

 

 

७-मोटोपन कम हुन्छ- तपाइ मोटोपन घटाउन चाहानुहुन्छ भने बिहान उठ्नासाथ पिएको पानीले मोटोपन घटाउन सहयोग गर्छ । खाली पेटमा पानी पिउँदा शरिरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरिरमा मोटाब्लिजम बढाउने काम गर्छ । यसका कारण तपाइको मोटोपन कम हुँदै जान्छ ।