होम आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भए यी १० उपायहरू अपनाउनुहोस्

सांकेतिक तस्वीर

काठमाडौं। कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ।

 

संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। होम आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भएमा यी कुराहरुमा ध्यान दिनुहोस् ।

 

१-थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

 

 

२-पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

 

 

३-भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।

 

 

 

४-अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ९ एन्टिभाइरल र एन्टिबायोटिक ० खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

 

 

५-अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि नखानु होला ।

 

 

६-मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

 

 

७-घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

 

 

८-पानीको बाफ लिने ।

 

९-रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

 

-हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

 

 

१०-नआत्तिनुहोला ।