स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनामा गृह मन्त्रालयले भन्यो कारवाही हुन्छ (विज्ञप्ति सहित)

काठमाडौ.,जेठ १४। गृहमन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्नलाई कारवाही हुने बताएको छ ।

 

 

चिकित्सकमाथि कुटपिट गर्नु र अस्पताल तोडफोड गर्ने काम गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कारवाही हुने मन्त्रालयले जनाएको छ ।

 

 

शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

 

 

 

गृहको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।

 

 

 

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन्।

विज्ञप्ति-