संसद् विघटनसम्बन्धी मुद्दा हेर्दा हेर्दैमा,अर्को सुनुवाइ आइतबार हुने

काठमाडौ,जेठ १४।संसद विघटन विरुद्धको रिटहरु संवैधानिक इजलासमा सुनुवाई भइको छ । शुक्रबारबाट संवैधानिक इजलासमा संसद विघटन विरुद्धका रिटमाथिको सुनुवाई सुरु भएको हो ।

 

शुक्रबारको सुनुवाई भने सकिएको छ । अब अर्को सुनुवाई आइतबार हुनेछ ।

 

 

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा नेतृत्वको न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेका छन्।

 

 

प्रधानन्यायाधीश जबराले १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

 

 

जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवारबाट सुनुवाइ हुनेछ । विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् ।

 

 

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।