क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले डाक्टर र नर्सहरुमाथि साङ्घातिक आक्रमण गरेको भन्दै दोषीलाइ हदैसम्मको कारवाही गर्न माग (विज्ञप्ति सहित)

काठमाडौं,जेठ १४। क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमण गरेको भन्दै विरोध जनाएको छ। 

 

त्यस्तै आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाइ हदैसम्मको कारवाही गर्न समेत संगठनले माग गरेको छ।

 

स्वास्थ्यकर्मीहरुलाई सुरक्षा ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न नेपाल सरकारसमक्ष अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको  जनाउनु भएको छ। विज्ञप्तिको पूर्णपाठसहित तलदिइएको छ। 

 

प्रेस विज्ञप्ति

नेपालगञ्जस्थित भेरी अस्पतालमा यही मिति २०७७ जेठ १३ गते राति डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यको हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) घोर विरोध एवम् निन्दा गर्दछ । कोभिड–१९ को दोस्रो लहरमा आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य छानविन गरी दोषीहरुउपर हदैसम्मको कारवाही गर्न माग गर्दछौं । साथै, स्वास्थ्यकर्मीहरुलाई सुरक्षा ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न नेपाल सरकारसमक्ष हार्दिक अपिलसमेत गर्दछौं ।

                                                                                     क्रान्तिकारी अभिवादनसहित !

 

…………………

हरिकृष्ण गजुरेल
अध्यक्ष