मन्त्रिमण्डल विस्तार हुँदै, यी हुन सम्भावित मन्त्री
काठमाडौं,जेठ १४। सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिमण्डल विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री त्रिलाचन भट्टले नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार हुने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार तारालामा तामाङ, मानबहादुर सुनार लगायत प्रदेशसभा सदस्य मन्त्री बन्दै छन् ।
नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर सुदूरपश्चिम एमाले संसदीय दलले केन्द्रको निर्णय अस्वीकार गरेको छ ।
सचेतक फेरिए
यसैगरी नेकपा एमालेले सुदूरपश्चिम प्रदेशले संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्कालाई नियुक्त गरेको छ ।
यसअघि प्रमुख सचेतक रहेका तारालामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
संसदीय दलका नेता शाहले सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् ।