नेपालमा थप ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति संक्रमित थपिए

काठमाडौं,जेठ १४ ।नेपालमा थप ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका  अनुसार १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए

प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा ९७, पर्सा २८, बारामा ४३, महोत्तरीमा १३७, रौतहटमा ४८, सप्तरीमा ४३, सर्लाहीमा ३० र सिरहामा ३४ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३९२, चितवनमा १५१, दोलखामा १०१, धादिङमा ९८, नुवाकोटमा ८९, भक्तपुरमा २१३, मकवानपुरमा ११८, रसुवामा १२, रामेछापमा १७, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६ र सिन्धुलीमा ७२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गण्डकी प्रदेशको कास्कीमा १८९, गोरखामा ४०, तनहुँमा ८३, नवलपरासी पूर्वमा ३९, पर्वतमा ५१, मनाङमा १, म्याग्दीमा १३, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा १०२ जनामा कोरोना पुष्टि भएको छ।

 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ४३, गुल्मीमा ५०, दाङमा १३०, नवलपरासीमा २१, पाल्पामा ६५, प्युठानमा ८, बर्दियामा ११८, बाँकेमा १०९, रुकुम पूर्वमा २, रुपन्देहीमा १२० र रोल्पामा १२० जनामा कोरोना पाइएको छ।

 

 

 कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा १, जुम्लामा ४, दैलेखमा ४, रुकुम पश्चिमा ८, सल्यानमा ५, हुम्लामा १, सुर्खेतमा ६१ जनामा कोरोना भेटिएको छ।

 

 

सुदूरपश्चिम प्रदेशको अछाममा ४३, कञ्चनपुरमा ५०, कैलालीमा १३९, डडेल्धुरामा ५४, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।