आज यी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना

काठामाडौं,जेठ १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा चक्रवात यास पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 

प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु जस्तैः हिलोबाटो, हिलेभीरपाखा ,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि बाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।