राती छिटो-छिटो पिसाब लाग्छ,यस्ता छन्,७ घरेलु उपायहरू

काठमाडौं। सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो । त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ ।

 

 

गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ ।तर, सामान्य अवस्थामा पटक(पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ ।

 

 

पटक पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । त्यस्तै मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।

 

पटक-पटक पिसाब लाग्दा यसो गनुहोस् –

 

१-पर्याप्त पानी पिउनुपर्छ, जसले संक्रमण छ भने पिसाबको माध्यामबाट हटाउन सकिन्छ ।

 

२-सुख्खा अमला पिसेर चूर्ण बनाउने । त्यसमा सख्खर मिसाएर सेवन गर्नुपर्छ । भिटामिन सिले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

 

३-अनारको बोक्रा सुकाउने र त्यसलाई पिसेर चुर्ण बनाउने । बिहान बेलुका यो चुर्ण पानीसँग सेवन गरौ ।

 

४-अंगुरको जुस, गाजर, अंकुरित गेडागुडी पनि फाइदाजनक हुनसक्छ ।

 

५-दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन ।त्यसैले दैनिक रुपमा दहि खानाले छिटो छिटो पिसाब लाग्दैन ।

 

६-तिलसँग सक्खर वा ज्वानो मिसाएर खाने ।

 

७-तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाने यस्ले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।

 

जटिल अवस्थामा चिकित्सकको परामर्श लिनैपर्छ । यद्यपी यी समस्याको निदान घरेलु विधीबाट पनि खोज्न सकिन्छ ।