यस्ता मानिसहरुलाई खतरानाक कालो ढुसी संक्रमणको उच्च जाखिममा,यसरी बच्न सकिने विज्ञको सुझाव

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टसँगै फैलिएको कालो ढुसीको संक्रमण नेपालमा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकामा पनि कालो ढुसीको संक्रमित फेला परिसकेको छ ।

 

 

कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा केही मानिसमा पुष्टि भएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।

 

 

यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भएर प्राणघातक पनि हुन सक्ने भएकोले समयमा नै ध्यान पु¥याउनु आवश्यक रहेको विज्ञहरुले जोड दिएका छन् । यो कोरोना जस्तो एक मानिसबाट अर्को मानिसमा भने नसर्ने पाईएको छ।

 

कालो ढुसीका सामान्य प्रारम्भिव लक्षणहरु

 

-अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने

 

-ज्वरो आउने

 

-आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने

 

-आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने

 

-नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिंगान आउने

 

-दाँत दुख्ने वा हल्लिने

 

-ढुसी संक्रमणको उच्च जोखिम भएकाहरु

 

-कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु

 

-चिकित्सकको सल्लाह बिना एन्टिवायोटिक वा अन्य औषधीको जथाभावी प्रयोग गर्नेहरु

 

-मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

 

-घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने

 

-सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

 

-नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

 

-व्यक्तिगत सरसफाईमा ध्यान दिने

 

-घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने

 

-धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

 

-नुनिलो पानीले नाक सफा गर्ने

 

-पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

 

-मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

 

-स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने