यी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,जेठ १९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

 

 

 

हाल मौसमको अवस्था प्रदेश १ लगायत पहाडी भुभागमा आंशिक बदली र देशका अन्य भूभागहरु मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।

 

 

 

प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भुभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भुभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।