क्रान्तिकारी माओवादीले राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गरौं भन्दै पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक (वक्तव्यसहित)

फाइल फाेटाे

काठमाडौं,जेठ १९। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या,बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गरिएको छ ।

 

१९ जेठमा सार्वजनिक गरेको ४ बुँदे वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट राष्ट्र तथा जनविरोधी भएको ठहर गर्नुभएको छ। 

 

देश निरङ्कुशतावाद, फासीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेकाे भन्दै छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरु र देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्नुभएको छ ।

 

यस्तो छ वक्तव्यको पूर्णपाठ