सरकारले फेरि कडा प्रावधानसहितको अर्को अध्यादेश जारी गर्दै,मन्त्रिपरिषदले गर्यो यस्ता निर्णय

काठमाडौं,जेठ २१। सरकारले अर्को अध्यादेश ल्याउने भएको छ । अब आउने अध्यादेश भने चिकित्सक र अस्पतालहरुको हितमा हुने अपेक्षा गरिएको छ ।

 

 

अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकारले कडा नियम लागू गर्न लागेको छ ।

 

 

भएपनि अस्पताल र स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्नेर्लाइ कडा सजाय सहितको व्यवस्था गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

 

कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाधा सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।

 

 

अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

 

 

त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ ।

 

 

कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पु¥याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध गरिएको छ ।