प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच सरकारमा सहभागी हुने बारे छलफल जारी

काठमाडौं,जेठ २१। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच छलफल जारी रहेको छ । बालुवाटारमा सरकारमा सहभागी हुने बारेमा छलफल कुराकानी भइरहेको छ ।

 

 

बालुवाटारमा जारी छलफलपछि जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुनेबारे निर्णय हुने बताइएको छ ।

 

 

जसपाले ८ मन्त्री र २ राज्यमन्त्री मागेको छ । जसपाबाट राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, एकबाल मियाँ, उमाशंकर अरगरिया, विमल श्रीवास्तवलगायतको नाम मन्त्रीका लागि चर्चामा छ ।

 

ओली र ठाकुरबीच कुरा मिलेमा आजै सरकारमा जाने तयारी जसपाको छ ।