जसपा सरकारमा जाने निश्चित, यी हुन आजै मन्त्रीहरुको सपथ लिने(सूचीसहित)

काठमाडौं,जेठ २१। जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर पक्षका सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनेहरुको सपथ आज साँझ हुने भएको छ ।

 

 

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँगको वार्तापछि अध्यक्ष ठाकुरले सरकारमा जान आफूहरु तयार रहेको सूचना नेताहरुलाई प्रवाह गरेका छन् ।

 

 

ओलीसँग भएको सहमति अनुसार जसपा ठाकुर पक्षले ८ मन्त्री र २ राज्यमन्त्री पाउनेछ ।

 

जसपाका तर्फबाट वरिष्ठ नेता महतोले सरकारको नेतृत्व गर्ने तय भएको छ ।

 

उनीसँगै अअनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्न लागेको बताइएको छ ।