शिवमाया तुम्बाहाङ्फेदेखि प्रेम आलेसम्मको मन्त्रालय खोसियो

काठमाडौ.,जेठ २१। जनता समाजवादी पार्टी जसपा सरकारमा सहभागी हुने टुंगो लागेसँगै अहिले सरकारमा रहेका तीन जनाको जिम्मेवारी खोसिएको छ ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका महिला बालबालिका मन्त्री जुलीकुमारी महतो देखि वनमन्त्री प्रेम आलेसम्मको जिम्मेवारी खोसिएको हो । यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाङ्फेको जिम्मेवारी पनि खोसिएको छ ।

 

 

जसपा ८ मन्त्रालय लिएर सरकारमा जाँदैछ जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

 

 

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग रहेकाले मन्त्रालय हेरफेर हुन सक्ने सम्भावना रहेको बुझिएको छ ।