कारोना संक्रमित कुन जिल्लामा कति थपिए ?

काठमाडौं,जेठ २१। नेपालमा थप ६६५३ जनामा कोरोना पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

 

 

आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९७, मोरङमा ३११, ललितपुरमा २९९, कास्कीमा २८२, सुनसरीमा १९९, भक्तपुरमा १८८, झापामा १६९, ओखलढुंगामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा,चितवन र मकवानपुरमा ९२/९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५/६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१/५१ जना तथा तनहुँमा ५० जना,रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्‍चनपुरमा ३८, सर्लाहीमा ३५,सिन्धुलीमा ३३,डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा,पर्सामा १९, पाल्पामा १८, रूकुम पश्‍चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५/१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्‍यानमा ६/६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५/५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४/४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३/३ जना, खोटाङ, जाजरकोट, मुगुमा २/२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै १० वर्ष मुनिका १२६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।