आज यी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,जेठ २२।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

 

 

हाल मौसमको अवस्था प्रदेश १ को पहाडी भूभाग लगायत बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ

 

 

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

 

 

पहाडी भूभागका थोरै स्थानमा स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।