ललितपुर महानगरपालिकाले टोल–टोलमा पुगेर कोरोना परीक्षण गर्दै

काठमाडौं,जेठ २२।ललितपुर महानगरपालिकाले टोल–टोलमा पुगेर कोरोना भाइरस परीक्षण गरिने भएको छ । महानगरपालिकाले भोलिदेखि एन्टिजेन विधिमार्फत परीक्षण गर्ने भएको हो ।

 

 

भोलिदेखि असार ३ गतेसम्म विभिन्न वडालाई छुट्टाएर परीक्षण गर्ने तयारी भएको महानगरले जनाएको छ। त्यसका लागि एउटा वडामा एउटा परीक्षण केन्द्र बनाइने छ ।

 

 

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार वडा अध्यक्षसँग समन्वय गरेर परीक्षण केन्द्र निर्धारण गरिने छ । भोलि वडा नम्बर ३, ४ र २० मा र पर्सि १, २ र ३ मा एन्टिजेन विधिमार्फत परीक्षण हुने छ ।

 

 

त्यसैगरी २५ गते वडा नम्बर ३, ४ र १० मा, २६ गते वडा नम्बर २१, २२ र २५ मा, २७ गते वडा नम्बर १५, २३ र २४ मा, २८ गते वडा नम्बर १४, २६ र २७ मा, ३० गते वडा नम्बर ५, ६ र १२ मा , ३१ गते वडा नम्बर ७, ८ र ९ मा परीक्षण हुने छ ।

 

 

यसै गरी असार १ गते वडा नम्बर ११, १६ र १९ मा , २ गते वडा नम्बर १८, १३, १७ मा र ३ गते वडा नम्बर २८ र २९ मा परीक्षण गरिने महानगरपालिकाले जनाएको छ ।