तपाईले जति माँझ्दा पनि दाँत पहेँलो देखिन्छ,यस्तो गर्नूस्

काठमाडौं। दाँत हरेक जीवहरुको निम्ति अत्यावश्यक छ । मानिसलाई दाँत केवल कुनै चिज चपाउन मात्र होईन सौन्दर्य बढाउने एक माध्यमको रुपमा पनि पर्न आउँछ।

 

 

तपाईहरु मध्य कतिपयलाई दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्लै सेतो नदेखिने या दाँत पहेंलो नै देखिने गरेको छ । यसरी टल्काउँनु होस् तपाईको पहेलो दाँतलाई ।

 

 

-गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २९४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

 

 

-केरालाइ पिसेर पेष्ट बनाउने पेष्टले दाँतलाई दिनहुँ एक मिनेट मसाज गर्ने । मसाज पछि दाँत ब्रस गर्ने यो उपाए दिनहुँ गर्नाले दाँतको पहेलोपन हटेर जान्छ ।

 

 

-तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दात को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

 

 

-कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।

 

 

-सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।